
महोत्तरी - गौशाला नगरपालिका ३ पचाईन टोलमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाईते भएकि छिन ।
सोहि टोलमा घर भएका स्थानिय बिनोद महतोले जंगली जनावरबाट तरकारी जोगाउन खेतको चारैतिर नांगो तारमा करेन्ट प्रवाह गरेकोमा धान काट्न गईरहेको अवस्थामा आज बिहान करिव ७ बजे मृतक बालिका करिनालाई करेन्ट लागेको हो । उनलाई करेन्ट लागेपछि जोगाउन खोज्दा १८ वर्षिया राधा कुमारी महतो र १४ वर्षिया विभा कुमारी महतो समेत घाईते भएकि हुन ।

मृतक करिनाको शव हाल घटनास्थलमै रहेको र प्रहरीले मुचुल्का उठाईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए । यता घाईते बालिकाहरुको गौशाला स्थित निजि अस्पतालमा उपचार भैरहकेो र उनीहरु खतरामुक्त रहेको उनले थपे ।

आफ्नो खेतमा लगाएको करेन्टमा बालिकाको मृत्यु भएको खवर पाएपछि विनोद फरार छन । यता प्रहरीले घटनाको अनुसन्धान थालिसकेको डिएसपी जयसवारले जनाए ।

