जनकपुरधाम – सप्तरीको राजविराजमा फोटो प्रदर्शनी कार्यक्रम गरी , फोटोग्राफरहरुलाई सम्मान गरिएको छ।
विश्व युवा दक्षता दिवसको अवसरमा संवाद फाउण्डेशनको आयोजना र मधेस कला सेतुको समन्वयमा सप्तरीको राजविराजस्थित जिल्ला समन्वय समिति को सभाहलमा आयोजित “फोटो प्रदर्शनी” कार्यक्रममा स्थानीय र जिल्लाका फोटोग्राफरहरुको कलाको सम्मान गर्दै उनीहरुले केमरामा कैद गरेका फोटोहरुलाई फ्रेम मा लगाएर सभाहलभित्र प्रदर्शन गरिएको थियो।




संवाद फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षता र मधेस प्रदेश सभा सदस्य सतिश कुमार सिहं र मनिष सुमनको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ फोटो आवरण गर्दै उदघाटन गरिएको थियो। कार्यक्रममा जम्मा १६ वटा फोटोग्राफरहरुले १६ वटा फोटो प्रस्तुत गरेका थिए । जसमा फोटो पात्र मा रहेका रेखा देवि गोसवामी र मुन्ना अन्सारी लाई सम्मान गरिएको थियो भने फोटोग्राफर फेसीलेटरको रुपमा सौरभ साह र फोटोग्राफर त्रिवेणी कुमार यादवलाई सम्मान गरिएको कुरा आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा सम्मानित भएका चर्चित फोटोग्राफर मधेस कला सेतुका अध्यक्ष सुरेश कुमार मुखियाले “फोटोको माध्यमबाट संसार जगतमा आफ्नो कला र मौलिक पहिचान र साँस्कृतिक परम्पराहरूलाई विश्व सामु चिनाउनको लागि हामी तत्पर रहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सतिश सिंहका अनुसार, फोटो र भिडियो कै माध्यमले आमजनसमुदायलाई सचेत पार्दै आएको मा फोटोग्राफर र फोटो पत्रकारलाई सम्मान गर्दै धन्यवाद प्रकट गरेका थिए। कुनै पनि काम सानो र ठूलो हुदैन, जुनसुकै काममा लगनशिलता र मेहनत रहियो भने सोचे अनुसारको सफलता प्राप्त गर्न सकिन्छ। त्यसैले यस्ता – यस्ता काम गर्ने फोटोग्राफरहरुलाई प्रोत्साहन गर्न, कलालाई सम्मान गर्न आवश्यक रहेको बताउनुभयो।

त्यस्तै प्रदेश सभा सदस्य मनिष सुमनले ” राजविराजको परिवेशलाई, यहाँको सँस्कृति, खाना, लत्ताकपडा, रहनसहनलाई विश्व सामु फोटोकै माध्यमले चिनाउने प्रयास यहाँका स्थानीय फोटोग्राफरहरुले गरेको हुनाले धन्यवाद दिदै काम मा अझ लगनशिलता देखाउन आग्रह गर्नुभयो। वहाँका अनुसार आफुलाई विज्ञान विषय पढ्न मन नहुँदा, घरपरिवारका सदस्यले सोहि विषय पढ्न चाप दिन्थ्यो तर म चाहि राजनिति मा होमिए किनकि मलाई समाजिक परिवेशमा काम गर्न रमाइलो लाग्थ्यो। त्यसैले जो कोहीलाई पनि रुचि अनुसारको काम गर्न आग्रह गर्नुभयो। हामी रुचि अनुसारको काम गर्यो भने काम गर्न राम्रो लाग्छ र सफलता हुनमा समय लाग्दैन। कसैलाई कुनै पेशामा जबरजस्ती र कर चापले लगाउनु हुदैन। यहाँहरु आफ्नो रुचि अनुसारको का गर्नुस , कुनै समस्या आएको खण्डमा प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका सप्तरी जिल्ला अध्यक्ष, पत्रकार, मैथिली विकास का प्रतिनिधि लगायत युवा ,विधार्थी र फोटोग्राफहरुको उपस्थिति रहेको कुरा मधेस प्रदेश क्षेत्रिय संयोजक नविन साहले बताउनुभयो।




