
महोत्तरी - जिल्लाको औरही नगरपालिकाका डोम समुदायले यस्का सामाग्रीहरु वनाएर अहिले जिविकोपार्जनको महत्त्वपूर्ण आधार बनाएका हुन । प्रत्येक वर्ष नयाँ सामग्री वनाएर निष्ठापूर्वक छठ मनाउने चलन छ ।
अन्य समयमा पुर्खौली पेसाबाट घरव्यवहार चलाईरहेका डोम समुदायको लागि यी समाग्री वनाएर विक्री गर्दा अतिरिक्त आम्दानी हुने र कलात्मक बाँसका सामाग्रीले पर्वको रौनकता थप्ने स्थानियहरु वताउछन । अझ अचम्म लाग्दो त काहानिर छ भने डोम समुदायका महिलाहरुले नै कलात्मक समाग्री वनाउने चलन छ ।

औरही -१ कि जिना मलिक आफ्नै घरको पालीमा बसेर बाँसका सामग्री बनाईरहेको वताईन । ` पतिले बाँस ल्याएर सहयोग गर्नुहुन्छ ।´ उन्ले भनिन । `वर्षभरिको खर्च जुटाउन मौसम अनुसारको यो पेसाले जिविकोपार्जनमा सहयोग गर्ने गर्दछ ।´ छठमा महिलाहरुले बाँसवाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका सामग्रीमा प्रसाद राखेर सूर्यलाई अर्घ दिने चलन छ ।

महोत्तरी औरहीका ईन्दल मलिक र जितेन्द्र मलिकले असोजदेखि नै डालो,नाङलो र टपरी बनाउने गरेको बताउछन । छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो,नाङलो र टपरीमा अर्घ दिनुपर्ने मधेसमा अनिवार्य प्रचलन रहेकोले आफूहरूको व्यापार बढने गरेको सबिता मलिक डोमले बताइन् ।



