बर्दिवास युथ क्लवले १७ कात्तिकमा ‘स्लो वाईक रेस कम्पिटिसन’ आयोजना गरेको छ ।
‘स्लो ड्राईभ लंङ् लाईफ’ भन्ने मुल नाराका साथ आयोजना भएको प्रतियोगिता बर्दिवासस्थित देउराली माध्यामिक विद्यालयको प्रांगनमा हुने आयोजक पक्षले जनाएको छ ।
हरेक बर्ष यसै समयमा आयोजना हुँदै आएको यो प्रतियोगिता पाँचौ संस्करण हो । निर्धारित मापदण्डअनुसार प्रथम हुने प्रतियोगीलाई २२ हजार २ सय २२ रुपैया, दोश्रो हुनेलाई ११ हजार १ सय ११ रुपैंया र तृतीय हुनेलाई ५ हजार ५ सय ५५ रुपैंया सहित सम्मानपत्रले पुरुस्कृत गरिने कलवका अध्यक्ष सुरज खडकाले जानकारी दिए ।

विहान ८ वजेदेखि सुरु हुने प्रतियोगितामा २ सय भन्दा बढी प्रतियोगीहरु सहभागी हुने लक्ष्य राखिएको छ । झन्डै २ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रम सहयोगी दाताहरु र क्लववाट अर्थ संकलन गरेर संचालन गरिएको कोषाध्यक्ष विप्लव अधिकारीको भनाई छ ।
सचिव सुदर्शन पर्साईका अनुसार अघिल्लो बर्ष पुरुष प्रतियोगी मात्र सहभागी भएतापनि यसपाली महिलाहरुलाई लागि समेत स्कुटरको माध्यमवाट प्लेटफर्म सिर्जना गरिएको छ ।
महिला समावेशितालाई लक्षित गर्दै प्रतियोगिता आयोजना भएकाले आम दर्शकहरुको लागि विशेष वन्ने सचिव पर्साईले जिकिर गरे ।




