महोत्तरी- विषहारामाई बचत तथा ऋण सहकारी संस्था औरहीले, लोक आस्थाका महापर्व छठ लाई लक्षित गरी आज औरही नगरपालिकाको दुई वडामा सरसफाई गरेको छ। औरही नगरपालिका ७ सोनामाई मन्दिर अगाडी र औरही नगरपालिका ९ अखिलेश्वरनाथ महादेब अगाडी दुई ठाउँको पोखरी अगाडी रहेको छठ घाट सरसफाइ गरेको हो ।
औरही न पा ७ भोईल स्थित सोनामाई मन्दिको प्राङ्गणमा रहेको पोखरीमा हुने छ्ठ घाट र मन्दिरको वरिपरि त्यस्तै औरही न पा ९ स्थित अखिलेश्वरनाथ छठघाट त्यहाँ स्थित महादेव मन्दिर र त्यहाँको विद्यालयको समेत सरसफाई गरेको संस्थाका सचिव राम नारायण साहले जानकारी गराए ।
सोनामाई छठ घाटमा बिहान ८ बजेदेखि र अखिलेश्वरनाथ छठघाटमा दिउँसो १ बजेदेखि भएको सरसफाई कार्यक्रमको उद्घाटन औरही न पा ७ का वडा अध्यक्ष जितेन्द्र यादवले गरेका थिए । सो कार्यक्रममा सहकारीका सदस्य,पधाधिकारी ,क्रमचारि , सहकारी कर्मी, शिक्षक, विद्यार्थी ,स्थानीय राजनीतिकर्मी , स्थानिय युवा, छठ पूजा समिति लगायतका सहभागी रहेको सचिव साहले बताए ।
संस्थाले सोनामाइमा विगत ६ वर्षदेखि सरसफाई गर्दै आइरहेको छ र अखिलेश्वर नाथमा पहिलो चोटि छठ घाटको सरसफाइ गरेको हो।