
काठमाडौंं - निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ ।
आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
उनीहरूले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ ।
अब निर्वाचन सम्बन्धी कार्य अधिकृतको कार्यालयबाट हुनेछन् । स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।