महोत्तरी - महोत्तरी रामगोपालपुर नगरपालिका वडा न. २ मोहनपुर स्थित आयोजना गरेको नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश तथा उम्मेदवार घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिव तिन सय जना नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार माओवादी केन्द्रले रामगोपालपुर नगरपालिका स्थित आयोजना गरेको कार्यक्रमा नेकपा एमाले र जसपा परित्याग गरेर नेकपा माओवादी केन्द्रमा करीब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् । यहि मङ्सिरमा हुन गईरहेको उपनिर्वाचनमा रामगोपालपुर नगरपालिका वडा न. २ का उम्मेदवार निर्वाचित वडा अध्यक्ष स्वर्गीय मुकेश यादवको श्रीमती आईती कुमारी यादवलाई उम्मेदवार घोषणा गरेका छन ।
पार्टी प्रवेश गरेका व्यक्तित्वहरुलाई प्रमुख अतिथिको हातबाट अबिर र गम्छा लगाई पार्टीमा स्वागत गरिएको थियो ।
कार्यक्रममा पुर्व अर्थ मन्त्री भरत प्रसाद साहले रामगोपालपुरमा सम्पूर्ण नारीको अधिकार र नारीको अस्तित्व कायम राख्न आज रामगोपालपुर नगरपालिका वडा न. २ मा मसाल हाथमा लिएर आइती कुमारी यादव आगाडी बढेको छ ।
अब रामगोपालपुर नगरपालिकामा परिवर्नत हुने साहले बताए उनले स्वर्गीय मुकेश यादवलाई न्याय दिलाउनको लागि भएपनि उनको श्रीमतीलाई आफ्नो मत दिन वडावासी समक्ष आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका बरिष्ट उपाध्यक्ष माननीय नारायणकाजी श्रेष्ठ ,मधेश प्रदेशका इन्चार्ज लिलामणि पोखरेल ,मधेश प्रधेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साह ,जिल्ला इन्चार्ज राजु खड्का , अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साह लगायत पार्टीका कार्यकर्ता तथा जनसमुदायको उपस्थित रहेको थियो ।