काठमाडाैं - स्थानीय तहको उपनिर्वाचन नहुँदै नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको हो ।
पुथाउत्तरगङ्गा गाउँपालिका– २ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारले मनाेनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
उनी निर्विरोध भएको जानकारी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले दिएका हुन् ।
यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।