सुजाता राई
विराटनगर- नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाद्वारा १५ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा अन्तरास्ट्रिय कवि तथा अग्रज साहित्यकार राधिका गुँरागाईलाई सम्मान तथा काव्य गोष्ठी गरेको छ



साकोस विराटनगर शाखाकी अध्यक्ष “मन्जु घिमिरे दाहालको “अध्यक्षतामा र चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको प्रमुख अतिथ्यतामा,बिशिष्ट अतिथि माया पौडेल, अतिथिहरू बाबुराम पोख्रेल, शिवनारायण सिंगल, हरि कट्टेल, भरत गुरागाई, रामबाबु दाहालको उपस्थितिमा सम्पन्न भएको छ।
आमन्त्रित पाहुनाहरुलाई कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भूपाल अधिकारीले गरे। स्रष्टा परिचय कोषाध्यक्ष ऋषि तिवारीले दिए भने सम्मान पत्र सह सचिव रेनुका राईले पढेर सुनाए ।

उक्त कार्यक्रममा यो संस्थाका सल्लाहाकार छन्द कवि हरि कट्टेल, साहित्यकार शिवनारायण सिङ्गल संगम अभियान मासिकका सम्पादक रामबाबु दाहाल जनलेखक संघका प्रमुख दिङ्लाली कान्छोले स्वागत मन्तव्य र रचना वाचन गरे । साथै उमेश लुइटेल शारदा भट्टराई लक्ष्मी पोखरेल अच्युतमणि भट्टराई चुडामणि घिमिरे नानुमैया दाहाल गीतादेवी पोखरेल नेत्र खतिवडा शिरोमणि भट्टराई प्रशंशा कार्की शान्ता भट्टराई कुमार श्रेष्ठ किस्मत खतिवडा लगायत चार दर्जन साहित्यकारहरूले रचना वाचन गरे।साथै कार्यक्रम सञ्चालन संस्थाकी सचिव सुजाता राईले गरेकी थिइन्।

कार्यक्रममा विभिन्न अतिथिहरूले साकोसले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रसंसा गरे।





