धनुषा- धनुषाधाम वडा नम्बर १ को स्थानीय तह उपनिर्वाचन नेकपा माओवादी केन्द्रले जितेको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित हुनुभएकोछ । उहाँ ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभयो।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६०२ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९ एमालेबाट प्रमोद यादवले ३६४, राप्रपाले २७ रास्वपाले १० र यस्तै जनमतले २५ पाएका छन् ।
धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादवले जितेको थियो ।




