महोत्तरी - उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दास रहेका छन् ।
ढल्केबरबाट सिरहा तर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ जगदेव पुल नजिक मंगलबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनमा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल हस्पिटलमा लग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।