सर्लाही - नेपाली कांग्रेस इश्वरपुर नगरपालिका वडा नम्बर ३ को क्षेत्रिय कार्यसमिति बैठक एवं क्षेत्रीय प्रतिनिधि भेला आज सम्पन्न भएको छ । वडास्तरीय संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भेलाले आगामी दिनका लागि महत्त्वपूर्ण निर्णय गरेको छ ।
महासमिति सदस्य , महाधिबेशन प्रतिनिधि समेत सम्मिलित यहि मङ्सिर ९ गते सम्पन्न क्षेत्रिय कार्यसमिति बैठकको निर्णयानुसार सम्बन्धित वडामा जिम्मेवारी प्राप्त महाधिबेशन प्रतिनिधिहरुको उपस्थिति र निर्देशनमा हुने बैठकको नियमितता अनुसार नेपाली कांग्रेसका प्रभावसाली नेता एवं महाधिवेश प्रतिनिधि दिपक अधिकारीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । वडा सभापति ओमप्रकाश श्रेष्ठको सभापतित्वमा भएको भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् इश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, नेविसंघ केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसन र विपि कोइराला युवा नेतृत्व विकास मञ्चका सर्लाही अध्यक्ष मनोज बख्रेल लगायतको उपस्थिति रहेको हो ।
भेलाले बिभिन्न सन्दर्भमा आवाश्यक निष्कर्ष निकाल्नुका साथै वडास्तरीय संगठनलाई बलियो बनाउने उद्देश्यले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । नेपाली कांग्रेसको कृयासिल सदस्यता नवीकरण अभियानलाइ प्रमुखताका साथ राखी १५ दिनभित्र वडा पार्टी कार्यालय सञ्चालन गर्ने ,प्रत्येक महिनाको पहिलो शनिबार नियमित वडा बैठक बस्ने र सोको जानकारी क्षेत्रिय कार्यसमितिमा गराउने ,रिक्त रहेका उपसभापति तथा अन्य पदहरूको पूर्तिगर्ने ,पौष ९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लगायतका निर्णय गरेको छ । भेलाकै क्रममा आफ्नो धारणा राख्दै महाधिवेशन प्रतिनिधि दीपक अधिकारीले संगठन बलियो बनाउन वडास्तरीय सक्रियता अनिवार्य रहेको धारणा व्यक्त गरे।
उनले भने, “संगठनको बलियो संरचनाले मात्र जनताको विश्वास जित्न र विकासका लक्ष्यहरू हासिल गर्न सकिन्छ ।“ त्यसैले सांगठानिक क्रियासिलता आवश्यक रहेको विषयमा जोड दिनुपर्दछ । इश्वरपुर नगर प्रमुख मनोजकुमार आचार्यले स्थानीय तहमा कांग्रेसको प्रभाव बढाउन यस प्रकारका क्रियाकलापको महत्त्व रहेको बताए । उनले भने,“हाम्रो उद्देश्य जनताको विश्वासलाई संगठनको माध्यमबाट स्थायित्व दिनु हो । संगठनमा फुटेर होइन जुटेर अगाडी बढ्नु जरुरी रहेको तर्क रहेको छ । नेविसंघ केन्द्रीय सदस्य मनोज बख्रेलले युवा सहभागिता र नेतृत्वका लागि थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, “युवाहरूको सक्रिय भूमिकाले संगठनलाई दिगो र प्रभावकारी बनाउन सक्छ ।“ भेलाले वडास्तरमा संगठनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा पार्टीको प्रभावकारिता बढाउने लक्ष्य लिएको छ । सहभागी नेताहरूले भेलाले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
संगठनलाई थप व्यवस्थित र सबल बनाउन यो भेला मीलपत्थर साबित हुने अपेक्षा गरिएको छ ।