
काठमाडौं - नेपाल प्रियिमर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।
जनकपुरका लागि अनिल साहलृे ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए ।
लुम्बिनीका लागि अभिशेष गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।
टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको हो ।