महोत्तरी – जानकी एकेडेमीक हस्पिटल महोत्तरीकाे तेस्रो स्थापना दिवसको अवसरमा सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।जानकी एकेडेमीक हस्पिटल प्रा.लि.ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा “रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै ” बृहद् रक्तदान कार्यक्रमको आयोजना गरी मनाएकाे छ ।

महोत्तरीको औरही नगरपालिका ,रामगोपालपुर नगरपालिका,सोनमा गाउँपालिका र सम्सी गाउँपालिकाको बीचमा पर्ने स्थानमा रहेकाे जानकी एकेडेमीक हस्पिटलको आज तेस्रो स्थापना दिवसको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रम हस्पिटल परिसरमा गरिएको थियो ।

“रक्तदान गरौँ जीवन बचाऔँ र हाम्रो खेर जाने रगत दान गर्दा कसैको जीवन बाँच्छ” भन्ने नारा सहित हस्पिटलले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको हस्पिटलका प्रशासन प्रमुख संजय यादवले बताए । उनले यस अघि पनि थुप्रै ठाउँहरुमा शिविर चलाउदै आएको र अहिले रगतको अभाव पुरा गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
उनले रक्तदानमा सहभागीहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।












