महोत्तरी - नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नेतृत्वको लागि सन्तोष सिंह र महेश दास बीच प्रतिष्पर्धा हुँदैछ। २८ गते हुने निर्वाचनको लागि बुधवार भएको उम्मेदवारी दर्तामा ६१ जना साधारण सदस्य रहेको यस शाखामा ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रेस युनियन र चौतारी गठबन्धनको तर्फबाट सिंहको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको छ। जसमा उपाध्यक्षमा संजित कुमार मण्डल, उपाध्यक्ष महिलामा आशा कुमारी तोलांगे सचिवमा राम नारायण महतो, सहसचिवमा नागेन्द्र यादव, सह सचिव समावेशीमा ः अमृत कुमार महतो र कोषाध्यक्षमा नविन कुमार चौधरी रहेका छन् ।

त्यसैगरी सदस्य महिलामा शुभाद्र भुजेल , सदस्य दलित मन्जित राम , सदस्य आदिवासी जनजाती ललन मण्डल, सदस्य मधेशी रोशन कुमार महतो, सदस्य अन्य समाबेशी ः लक्ष्मी कुमार साह, अन्य सदस्य निरुता कुमारी चौधरी, रामबाबु यादव, सरस्वती लामा यता प्रेस सेन्टर, प्रेस मंच र समाजवादी प्रेस संगठनको गठबन्धनको तर्फबाट महेश कुमार दासको नेतृत्वमा उपाध्यक्षमा अरबिन्द कुमार झा , उपाध्यक्ष महिलामा भाग्यरेखा (ममता शर्मा)ठाकुर , सचिवमा बिशाल बस्नेत, सहसचिवमा दिपक कुमार पाण्डेय, सहसचिव समावेशीमा शार्मिला धिमिरे र कोषाध्यक्षमा राजिव कुमार राय कुर्मी रहेका छन् ।

त्यस्तै सदस्य खुला उषा आचार्य , टेक प्रसाद विजय पोखरेल , बिनय कुमार यादव, जिवनराज दाहाल , सदस्य महिलामा रजनी कुमारी, सदस्य दलित ममता बिश्वकर्मा सदस्य आदिवासी जनजाती राधा कृष्ण शर्मा , सदस्य मधेशी निरन्जन कुमरा साह , सदस्य अन्य समाबेशी बिष्णु गुप्ता रहेका छन्। केन्द्रिय परिषद सदस्यको लागि बैधनाथ चौधरी, गोपाल प्रसाद बराल, राकेश प्रसाद चौधरी र मेनुका श्रेष्ठ रहेका छन् ।

त्यस्तै प्रदेश परिषद सदस्यको लागि दिनेश्वर महतो, अजयकुमार सिंह, धनवीर महतो, कुवरकान्त झा, कृष्णचन्द्र झा, रंजन भण्डरी र दशरथ भण्डारी रहेका छन् ।
महासंघको नयाँ नेतृत्वका लागि आगामी २८ मंसिरमा निर्वाचन हुँदै छ ।









