काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गुर्खाज १०१ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको काठमान्डुले १९.३ ओभरमा १०१ रनमा अलआउट भएको हो ।
काठमान्डुका लागि गेर्हार्ड इरास्मसले २० र कप्तान करण केसीले १९ रन बनाए । स्टिफन एस्किनाजीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३ तथा मोहम्मद मोहसिनले २ र अरनिको यादवले १ विकेट लिए ।