
काठमाडौँ- नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार रमेश विष्ट भन्दा शर्मा ११ सय ४४ मतले अगाडि हुनुहुन्छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार शर्माले तीन हजार ९७३ मत ल्याउँदा विष्टले दुई हजार ८२९ मत पाउनुभएको छ । अहिलेसम्म काठमाडौँ उपत्यका,कोशी,गण्डकी,लुम्बिनी,बागमती र प्रतिष्ठानका ६ प्रदेशको मतगणना सम्पन्न भएको छ ।
अहिले कर्णाली, सुदूरपश्चिम, मधेस र एशोसिएट प्रदेशको मतगणना जारी छ ।शुक्रबार एकसाथ देशभर सम्पन्न भएको निर्वाचनको मतगणना गएरातिदेखि नै जारी छ । निर्वाचन समितिले शनिबार रातिसम्ममा सबै मतपरिणाम सार्वजनिक भइसक्ने विश्वास लिएको छ ।