जनकपुरधाम- नेपाल पत्रकार महासङ्घको मधेस प्रदेशको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा निर्वाचित भएका छन। महासंघको मधेस प्रदेशको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा बञ्जरा निर्वाचित भएका हुन । चौतारी र युनियनको गठबन्धनबाट उम्मेदवार बनेका बञ्जरा ३१३ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अवधेश झाले २४६ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा प्रेस चौतारी कै उम्मेदवार ज्योती झा बिजयी भएकी छिन । त्यस्तै महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित निर्वाचित भएका छन । उनले ३९० मत पाएका छन् । उनको प्रतिद्वन्द्वी राजन सिंहले ३२१ मत पाएका छन् । महिला उपाध्यक्षमा ज्योती झा निर्वाचित भएकी छिन् । उनले ३७१ मत प्राप्त गरेकी छिन् ।
उनको निकटतम प्रतिस्पर्धी हेम कुमारी (सुनिता) ले २३१ मत प्राप्त गरेकी छिन्। त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम विजयी भएका छन् । उनले २६५ मत ल्याएका छन् । उनका निटतम प्रतिद्वन्द्व नविन कुमार नवलले २५० मत प्राप्त गरेका छन् । प्रदेश अध्यक्षमा बिजयी बन्जारा मधेश प्रदेशका पूर्व महासचिव हुन् ।
त्यसअघि उनले पर्साको दुई कार्याकाल अध्यक्ष भएर आफ्नो नेतृत्व क्षमता प्रर्दर्शीत गरिसकेका छन् ।