
अचेल उसले मलाई कार देखाउछ
हिरामोती सुनकै खाली हार देखाउछ
चाहिदैन भो मलाई भन्दा खेरी मैले
तिमी मेरी हुनैपर्छ तरबार देखाउछ
झुपडी मान्छे झुपडीमा रमाउछ भन्दा
ठाउ ठाउका महल दरबार देखाउछ
अध्यात्मी,सन्यासी हु भविष्यको जोगी भन्दा
चखेवाको जोडी र घरबार देखाउछ
-तुलसा भट्टराई
उदयपुर गाइघाट
