धनुषा - लागू औषधको लतबाट युवाहरूलाई जोगाउनका लागि सबैला नगर युवा संजालको आयोजना तथा सेफ नेपाल साझेदारीमा राम जानकी नमुना मावि सतोषरमा पाइनल डिस्कसन कार्यक्रम सम्पन्न भयो।कार्यक्रमले युवाहरूमा लागू औषधको लतबाट बच्नका लागि उपायहरूबारे जानकारी गराएको छ । स्थानीय समुदायले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन ।
सबैला नगरपालिका नगर उपप्रमुख रहिमा खातुनले भनिन - लागू औसत नियन्त्रण सम्बन्धी स्थानीय सरकारले कुनै नीति तथा कार्यक्रमहरू अहिलेसम्म ल्याउन सकेको छैन । हामीले पटकपटक कार्यपालिका बैठकमा आवाज उठाइरहेका छौं। तर केही सुनुवाई भइरहेको छैन। आफु लाई काम गर्न दिएको छैन । लागू औषध लागेको युवाहरूलाई ठाउँ ठाउँमा सुधार केन्द्र बनाई कम्तिमा तीन महिना राख्ने वातवरणको सृजना हुन् जरुरि छ ।
सबैला वार्ड नं ९ का वडा अध्यक्ष मनिष रायले पाइनल डिस्कसनमा भन्नु भयो-हाम्रो वार्डको तथ्याङ्क अनुसार सबभन्दा बढी दलित समुदायमा रक्सी खाने गरेको देखिएको छ। हाम्रो वार्ड पहिलादेखि नै पहलमानी, कबड्डी जस्ता खेलहरूले प्रसिद्ध छ। अहिलेका युवा पिढीहरूमा लागू औषधमा लागेर सबै सखाप पारिँदैछन्। बेरोजगारको कारण लागू औसध लाग्ने गरेको र पालिकामा युवा लक्षित नीति तथा कार्यक्रमहरू नभएकोले युवाहरूमा लागू औषधको प्रयोग गर्ने बढेको छ। यस्ता गतिबिधि कम गर्न वडा मा मेडिटेसन, योगा गर्न हल ब्यबस्था गरेको बताए । दिनहु जस्तो युवाहरु बिहान बेलुका ध्यान तथा योगा गर्ने गरेको बताए । कबडी खेल राष्टिय स्तर पुर्याउन योजना बनाएको र क्रिकेट मैदान को लागि पहल गरि रहेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय सई बिम्लेश कुमार यादवले भन्नु भयो – लागु औश्धमा मुद्दा चलेको संख्या कम भए पनि समाजमा युवा कुलत लागेको देखिन्छ । लागु औषध ऐन २०३३ दफा ३४ बमोजिम १९ बुन्दा दण्ड सजाय तोकिएको छ । ३ महिना देखि जन्म कैद सम्म हुन्छ । तेसैले समयमा युवा हरुलाई सचेत हुन् जरुरि छ ।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम पुकार यादवले भन्नु भयो- विद्यालयको सीमा देखि १०० मिटरको दुरीमा लागू औसत सम्बन्धीको सरसमान बेचबिखन गर्नुपर्छ । लागू औसत बेच्ने लाइसेन्सको आडमा अहिलेको युवा पिढीहरूलाई धेरै प्रभावित गरिरहेको छ। रसायनको मिश्रणबाट बनाएको रक्सीहरू ले युवाहरुलाई धेरै असर पारिरहेको छन्। लागू औसत एकैपल्ट त बन्द हुँदैन। तर बिधालय शिक्षामा जनचेतनामुलक अभियान चलाउन न्यूनीकरण गर्न सकिन्छ।
स्वास्थ्यकर्मी भोकेन्द्र रायले भन्नु भयो - लागू औसतबाट स्वास्थ्यमा धेरै असरहरू देखा परिएको छ। जस्तै मानसिक, शारीरिक पारिवारिक र समाजिक जस्ता असरहरु देखिएको हुन्छ ।यसको उपचार पद्धतिहरु मेदिटेशन र मनोवैज्ञानिक सल्लाह नै हुन् । समाजसेवी रेनु थापा भनिन-अभिभावकहरू आफ्नो जिम्मेवारी राम्रोसँग बहन गर्ने बानी बसाल्नुपर्छ। युवाहरूको जिदको कारण पनि लागू औसतमा पर्ने गरेको छ।
१२ बजे दिनमा सामाजिक काममा युवाहरूलाई खोज्दा आउँदैन। तर लागू औषधको लोभमा १२ बजे राति एक फोनमा उपस्थित हुन्छ। महिलाहरू पनि सचेत हुनुपर्छ। किनभने श्रीमान विदेशमा ४० डिग्री ५० डिग्री को तापमा काम गरिरहेको हुन्छ। तर यहाँ बच्चाहरूले सयको सट्टा ५००को डिमान्ड गरिरहेको हुन्छ। र त्यसबाट दारु गुटखाहरू खान्छन् दिनु हुदैन र युवा हरु लाइ निगरानी मा राख्नु पर्छ । जीवन अमूल्य हो बचाउनुपर्छ ।
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।
सेफ नेपाललाई उपस्थित सहभागीहरुले पनि बक्ताहरुलाई प्रश्न गरेका थिए । कार्यक्रमको अध्यक्षता पत्रकार तथा संजालका अध्यक्ष प्रमोद शर्माले गरेका थिए। सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले आचारसहिता र संस्था परिचय दिदै
कार्यक्रममा सबैला युवा संजालका उपाध्यक्ष सर्वजीत कुमार यादव, कोषाध्यक्ष विवेक कापर,सचिव अमृता राय,सहसचिव नथुनि मुखिया, पूर्व अध्यक्ष ललित महरा, तथा सदस्यहरू महेश ठाकुर र अमृत राउतको विशेष उपस्थिति रहेको थियो।




