महोत्तरी - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाको प्रमुख आतिथ्यमा हुन गईरहेको महोत्तरी क्षेत्र नं ३ को आमसभा तथा क्षेत्रीय सम्मेलन उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रम पौष १३ गते महोत्तरीको एकडारा गाउँपालिका ३ भटौलियामा आयोजना हुनेछ। यस कार्यक्रमलाई ऐतिहासिक बनाउन स्थानीय कार्यकर्ता तथा कांग्रेस समर्थकहरू दिनरात आयोजनको तयारीमा व्यस्त छन्।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति महोत्तरी क्षेत्र नं ३ को आयोजनामा हुन गईरहेको क्षेत्रीय सम्मेलनले क्षेत्रीय तथा जिल्ला स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थितिले कार्यकर्तामा ऊर्जा थपिने क्षेत्रीय सभापति राघवेन्द्र झा ले बताएका छन ।
कार्यक्रमको उद्घाटन सत्रमा पार्टीका वरिष्ठ नेताहरूका साथमा विभिन्न जनप्रतिनिधिहरू र स्थानीय विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। यस सम्मेलनको माध्यमबाट क्षेत्रीय मुद्दाहरूलाई प्रभावकारी ढंगले उठाउने र स्थानीय स्तरमा पार्टीको प्रभावलाई सुदृढ गर्ने योजना रहेको नेपाली कांग्रेसका युवा नेता प्रकाश रायले जानकारी दिए ।
पौष १३ गते विहान ११ बजे हुने कार्यक्रमको कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था देखी सरसफाईको काम लगायत भव्य आयोजनको तयारीमा व्यस्त कार्यकर्ताहरूले उत्साहका साथ कार्यक्रमलाई ऐतिहासिक बनाउन लागि परेका छन् ।
त्यसैगरी क्षेत्रीय सम्मेलनको बन्द सत्रको कार्यक्रम पौष १४ गते जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा हुने जानकारी गराइएको छ ।