
महाेत्तरी- विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औरहीकाे १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । औरही नगरपालिका – ७ भोइल स्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हाे ।
शनिबार विषहारामाई सहकारी संस्थाले श्री राम विलास चन्देस्वर यादव जनता माध्यमिक विद्यालयकाे प्रांगणमा एक कार्यक्रमकाे आयोजना गरि वार्षिक साधारणसभा मनाएका छन् । २०७१ माघ १२ गते २५ जना सदस्यहरुले २ हजार ५ सय पुजीबाट संचालन गरेको संस्थामा अहिले २ हजार १९ जना सदस्यहरु रहेको छ ।

जसमा शेयर पुजी ६७ लाख १८ हजार नाै सय, बचत ७ करोड १७ लाख ७८ हजार १ सय २० रुपैयाँ र ऋण लगानी ७ करोड ८६ लाख ५४ हजार १० रुपैयाँ गरि करिब १० करोडको काराेबार भएको छ । यस आ.व.२०८१ असार मसान्तसम्म १ लाख ८४ हजार ३ सय ९४ रुपैयाँ नाफा भएको भएको संस्थाका सचिव राम नारायण शाहले जनाए ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष गाणिता यादवकि अध्यक्ष, जिल्ला सहकारी संघका सल्लाहकार लिलामणी आचार्यकाे प्रमुख अतिथि, विशिष्ट अतिथि जिल्ला बचत सहकारी संघका महासचिव उमेश न्यौपाने,औरही नगरपालिका ७ का वडा अध्यक्ष जितेन्द्र यादव,अतिथि जसपा नेपालका धनुषा जिल्ला ईन्चार्ज राजनारायण यादव, जिल्ला बचत संघका सचिव मनाेज नायक,सदस्य नगिना साह,राष्ट्रिय सहकारी बैंक बर्दिवास शाखाको प्रबन्धक राजेश थापा,नेफ्कुन जनकपुर कार्यालय प्रमुख राजेन्द्र ढकाल प्रधानध्यापक ज्ञानेन्द्र यादव,फेकु यादव लगायत संस्थाका शेयर सदस्यहरुकाे उपस्थिति रहेको थियोे ।

