महोत्तरी- १३औं संस्करण स्वर्गीय राम लखन चौधरीे स्मृतिकप खुला नक-आउट प्रदेश स्तरीय फुटबल प्रतियोगिता २०८१ को उद्घाटन आज गरिएकोछ। प्रतियोगिताको उद्घाटन गौशाला नगरपालिकाका वडा न. ४ को अध्यक्ष राम नारायण महासेठले गरेका हुन् । खेलको उद्घाटन गर्दै वडा अध्यक्ष महासेठले स्वास्थ्य जिवनको लागि खेलकुद अनिर्वाय रहेकोले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट खेलकुदको विकासका लागि पनि बिशेष ध्यान दिनुपर्ने बताए ।
यस प्रतियोगितामा जम्मा ४ जिल्ला को १६ वटा टीम सहभागी भएको छ ।आज भएको उदघाटन खेलमा जन ज्योती युवा क्लव चन्द्रनगर सर्लाहीले न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरीलाई ३–१ गोलले पराजित गरेको छ । खेलमा चन्द्रनगर सर्लाहीको कमल शाहीले २ गोल र अभिनाश चौधरीले १ गोल गरेका थिए भने न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरीको सौरभ चौधरीले १ गोल मात्र लगाउन सफल भएको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार कप, प्रमाण पत्र , मेडल सहित रू ७० हजार र दोस्रोलाई कप प्रमाण पत्र मेडल र रू ३५ हजार र म्यान अफ द सिरिज , गोल स्कोर्र , म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने विरता स्पोर्टस क्लव गौशालाका सचिव इन्दल कुमार राउतले बताए । उक्त टुर्नामेन्ट पुस २७ गते सम्म चलने सचिव राउतले बताए ।
स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो र उनकै सम्झनामा प्रत्येक वर्ष यो खेलको आयोजना गौशाला नगरपालिका वार्ड न. ४ , मा विर्ता स्पोर्ट्स क्लब गौशालाले आयोजना गर्दै आइ रहेको छ।