बिनय यादव
प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन ।
आज बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदाधिकारी निर्वाचित गरेको हो ।
उपाध्यक्षमा विनय यादव, समावेशी उपाध्यक्ष भाग्यरेखा ठाकुर, सचिवमा विकास ठाकुर स-सचिवमा दिपक पाण्डे, समावेशी स-सचिवमा उषा आचार्य र कोषाध्यक्षमा राजिव राय कुर्मी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरु अनिश साह, राधाकृष्ण सर्मा, रजनी साह, जिवनराज दाहाल, बोधराज सुवेदी इशारा लामा, अनिशा यादव, रोहित यादव, गणेश सिंह कुशवाहा, अफताव अन्सारी छन्।
अधिवेशनले प्रदेश परिषद सदस्यमा, साजन चिमोरिया, देवलाल गोले, रेजिना बिस्वकर्मा र केन्द्रिय परिषद सदस्य महेश कुमार दास र प्रेम कार्कीलाई निर्वाचित गरेको छ ।