राष्ट्रमा विद्यमान भिन्न भिन्न विचारधारा र आस्थाहरुको बावजुद पनि आपसी प्रेम, एकता र भाईचाराको सम्वन्धले राष्ट्रिय एकतालाई सिन्चित गरेको हुन्छ । अतः राष्ट्रिय एकता भनेको समाजिक विविधता भित्रको एकता हो । आपसी वन्धुत्व हो र सह–अस्तित्व हो । राष्ट्रिय एकतामा केवल शारिरीक सामिप्यताले मात्र महत्व राख्दैन । राष्ट्रिय एकताको लागि मानसिक, वौद्धिक, वैचारिक र भावनात्मक सामिप्यता तथा समानता पुर्व शर्त हो । एकता हुनुको अर्थ कुनै विषयमा मतभेद नहुनु भने होइन । मतभेद हुँदा हुँदै पनि विषय वस्तुलाई रचनात्मक विचारधाराको रुपमा सुखद र सवैको हित हुन सक्ने विषयको रुपमा बुझन सकियो भने राष्ट्रिय एकताको जड मजवुत हुन सक्दछ । राष्ट्रिय एकताको अभिप्राय भनेकै सवै नागरिक राष्ट्र प्रेमको भावनावाट आनन्दित हुनु हो । सवैले आफु नेपाली भएको गौरव गर्न सक्नु हो । पहिले नेपाली अनि मात्र खस आर्य, पहाडी, मधेशी, आदिवासी, हिन्दु, मुस्लिम….आदि आदि….
हिमालयको काखमा रही तराईको समतल भूमी देखि संसार कै उच्च चोटीको भौगोलिक विविधता भएको हाम्रो देश नेपाल चार जात छतिस वर्णको साझा फुलवारी हो । विश्व मानचित्रमा भले हि सानो हिस्सा होस तर साँस्कृतिक, धार्मिक, कला तथा इतिहासमा आफ्नो छुटै पहिचान बोकेको यो देश ३ करोड नेपालीको साझा भुगोल हो । साझा जिम्मेवारी हो । साझा अधिकार हो । यस मानेमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय पहिचानलाई कायम गरी राख्नु हामी सवै नेपालीको परम दायित्य हो ।
नेपाल विभिन्न सँस्कृति, धर्म र सम्प्रदायको सँगम स्थल हो । संविधानले सवै धर्म र सम्प्रदायलाई बरावरीको दर्जा दिएको छ । धार्मिक रुपमा हिन्दु, बौद्ध, शिख, इसाई, मुस्लिम लगायतका धर्मावलम्वीहरुले राष्ट्रिय धर्म नेपाली धर्मलाई स्वीकार गरेका छन् । पहाडी मधेशी जस्ता भौगोलिक धर्म पनि एकल मालामा उनिएका छन् । यसै कारणले चाहे पहाडी होस चाहे मधेशी सवैमा राष्ट्र प्रेम तथा राष्ट्रिय एकताको भाव सनातन देखि नै परिलक्षित हुँदै आएको छ । अझ मधेशको कुरो गर्दा मधेशीहरुले सुरुवाती दिन देखि नै उदारवादी चरित्र दर्शाएका छन् । सत्य र अहिँशाको पृष्ठपोषक छन् ।
हाम्रो समाजिक मूल्य मान्यता तथा विषय वस्तुको आन्तरिकीकरण पौराणिक रहेको तथ्य यहाँको ऋषीमुनी र अध्येताहरुको विचारले प्रमाणित गरि सकेको छ । हाम्रो समाजिक– आर्थिक– धार्मिक मूल्य मान्यताहरुलाई सवै धार्मिक ग्रन्थहरुले स्थान दिएको छ । चाहे कुरान होस वा वाईवल, चाहे गुरुग्रन्थ साहिवा होस वा गीता, हजरत मोहमद, ईसा मसीह, गुरु नानक, बुद्ध वा महाविर सवैले मानव मात्रको एकता, सार्वभौमिकता र शान्तिको महायात्रालाई दर्शाएका छन् । नेपाली राष्ट्रीय धर्मले पनि सवै धर्मको सम्मान गर्न, आदर गर्न सिकाएको छ किन भने सवै धर्मको सार एउटै हो ।
राजनैतिक रुपमा देशले अनेकन शासकीय विचारधाराहरुको प्रयोग गरि सकेको छ । वर्तमानमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासमा छ । नेपालको संविधान २०७२ ले सम्पुर्ण नेपालीलाई राष्ट्रिय एकताको सुत्रमा बाध्न खोजेको छ । तर समानता र पहिचानको अधिकारको लागि मधेश आज पनि भौतारिदै छ । प्राप्त र पर्याप्तको पर्खाइमा मधेश अझै संघर्षरत छ । त्यसैले यहाँ बुझ्नु पर्ने यर्थात के हो भने सहि नियतले मात्र कुनै पनि नीतिको सहि प्रयोग गर्न गराउन सकिन्छ । अनुभुति गराउन सकिन्छ । सैकडौ नेपालीको सहादत पश्चात प्राप्त एकथान नेपालको संविधान मात्रले सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाध्न सक्दैन जव सम्म यसको कार्यान्वयन सहि नियतले गरिदैन । यस मानेमा एउटा धरातलिय यर्थात के हो भने भौतिक रुपमा अखण्डित देखिने नेपाल भौगोलिक धर्म, भावना र जातीको रुपमा विभाजन भएको छ र दिनानुदिन यो क्रम बढदैछ । साम्प्रदायिक राजनितिको जरा विस्तार हुँदै गएको छ । राष्ट्रिय उत्सवको रुपमा लिईएको क्रिकेट (नेपाल प्रिमियर लिग–NPL खेलमा किर्तिपुर खेल मैदानमा भएको साम्प्रदायिक घटनाले यस कुरालाई पुष्टि गरेको छ । जनकपुर वोल्ट्स नामक टिमले राम्रो प्रदर्शन गरेकै कारण ल्एी को प्रथम सिजन बिजेता भएको हो न की जनकपुर वोल्ट्स नाम राखेर । यस जितमा सवै नेपालीको जित भएको छ । खेल मार्फत नेपाल विश्वमा थप चिनिएको छ । योग्यता र मेहनतको कदर सवैले गर्न सक्नु पर्दछ । यसैमा सवैको कल्याण छ । यहाँ म दावाका साथ लेख्न सक्छुः किर्तीपुरको उपरोक्त घटना जनकपुर नाम मन नपरेर हो । मधेशीहरुको पहिचानित पहिरन धोती भएर हो । यहा एक रचनाकारको रचना उल्लेख गर्न चाहन्छुः
देखा कहाँ तुमने कभी धोती की ताकत ।
कैसा है इसका दिल कैसी है इसकी लियाकत ॥
बन के वादल समुन्दर पर बरस रहे हो ।
पिलाया दुध जिसने तुम उसे ही डस रहे हो ॥
वन के तुफान ऐसे आती है धोती ।
वन कर शोला शत्रुको जलाती है धोती ॥
अरे मुर्ख दे दो तुम से जो माँगे धोती ।
अगर तुमको पाना है सुख चैन मोती ॥
भाषा र भुगोलको नाममा बढदै गएको हिंसाले समाजिक सन्तुलन बिगडनु स्वभाविक हो । यसले साम्प्रदायिकतावादलाई बढावा दिनेमा कुनै शंका छैन । समाज विभिन्न तप्कामा बाडिन सक्छ । माईक्रो लेवलको असमाजिक घटनाहरुलाई ढाकछोप गर्न थालियो भने यसले क्षेत्रीय तथा भौगोलिक असन्तुलनलाई बढावा दिन सक्छ ।
कुनै पनि सभ्य र लोकतान्त्रिक मुलुकको आधारशिला भनेकै नागरिकमा लिङ्ग, धर्म, जाति, आर्थिक स्थिति आदिको आधारमा विना कुनै भेदभाव समान व्यवहार देखाउन सक्नु हो । राज्यद्वारा नागरिकमा गरिने समान व्यवहारको प्रकृयाले मात्र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा तार्किक समाजिक मूल्य र मान्यतालाई स्थापित गर्न सक्छ । यो राष्ट्रको जिवन र विकासको आधारभुत आवश्यकता हो । तर समान व्यवहारको नाममा समाजमा विद्यमान रुढीवादी चिन्तन, धार्मिक कट्टरता, साम्प्रदायिक भावना, व्यक्तिगत र राजनैतिक स्वार्थले गरिने व्यवहारले शोषणकारी व्यवस्थाको श्रृजना हुन सक्छ । यसतो अवस्थामा शोषणको लागि धार्मिक र समाजिक मूल्य मात्र जिम्मेवार नभई स्वयं राज्य नै संरक्षकको रुपमा देखिने गर्दछ ।
वास्तवमा कुनै घटनालाई मुद्दा वनाएर समाजिक हिँसालाई विजारोपण गरियो भने यसले राष्ट्रिय एकतालाई खलल पुर्याउन सक्दछ । त्यसै पनि नेपाली समाज विविधतायुक्त समाज रहि आएको छ । यसतोमा कुनै खास वर्गको विचारलाई मात्रै सर्वोत्तम मान्न लगाउन हिँसाको प्रयोग गरिन थालियो भने राष्ट्रिय एकता र अखण्दता नै संकटमा पर्ने निश्चित हुन्छ । आजको सवै भन्दा ठुलो चुनौती भनेकै धर्म, जाति, भाषा, क्षेत्र, सम्प्रदाय आदिको नाममा समाजलाई विभक्त हुनवाट रोक्नु हो । यसको लागि सवै भन्दा पहिले हामीले एक अर्काको सँस्कृतिलाई सम्मान गर्न सक्नु पर्दछ जसरी परिवारमा पृथक विचार राख्नेलाई घर निकाला गरिदैन । आफ्नो सँस्कृतिलाई बढावा दिनु पर्दछ, यसमा पुर्ण सहमत छु तर एकल सँस्कृति मात्र कदाचित स्वीकार्य हुँदैन ।
अतः सवै नेपाली सँस्कृतिलाई जोडन धोती पहिरनलाई दिवसको रुपमा मनाउनु पर्दछ । धोति कुनै साधारण कपडा होइन । यो मधेशीको पहिचान हो । मधेशीको शान हो । नेपालको परिचय हो । धोती राष्ट्रिय एकताको मानक हो । यसको प्रतिष्ठा राष्ट्रको प्रतिष्ठा हो । यसको अपमान राष्ट्रको अपमान हो । धोतीको आन, वान र शानको लागि सैकडौ मधेशीले शहादत दिई सकेका छन् । यसै शहादतको परिणामतः धोती आज राष्ट्रिय एकताको प्रतिक भएको छ । म आफु धोतीधारी भएकोमा गौरवान्ति छु । अतः धाती दिवसको उपलक्ष्यमा सवैमा शुभकामना……। कम्तिमा धोती दिवसको उपलक्ष्यमा आफ्नो मोवाईलको रिँङ्ग टोन र रिङ्ग व्याक टोनमा “धोती–कुर्ता–गम्छा–पगडी हमर पैहचान छै, जानकी मन्दिर जनकपुरधाम सवहक जान छै……” नामक गित राखौ ।
अन्तःमा (कपिड)
धोती हमारी जान है, धोती हमारी शान है ।
मधेश व मधेशींयो कि सव से पडी पहचान है ॥
इसकी हि शितल छाव मे तु पल रहे हो ।
फिर इस से इतना तुम क्यू जल रहे हो? ॥
(बेचन कुमार महतो, महासचिव, नेपाल मधेशी निजामती कर्मचारी मञ्च)