
ढल्केबर- "कानुनको अनविज्ञता क्षम्य हुदैन" भन्ने कानुनी सिद्धान्त छ तर साँच्चिकै आम नागरिकमा कानुनी ज्ञान छ त ? यो सबैको लागि साझा प्रश्न पनि हो ! सेतो कागजमा कालो अक्षरले नियम, कानून थुपारेर मात्र हुदैन, होला। राज्यको दायित्व आम नागरिकलाई साक्षरता बनाउने हो, कानुनी शिक्षा प्रदान गर्ने हो ।
तर यसमा भने राज्य चुकेको देखिन्छ। संविधानले व्यवस्था गरेको स्थानिय अदालतको रुपमा नगरपालिकामा उपमेयर र गँउपालिकामा उपाध्यक्षको संयोजकत्वमा तिन सदस्यी न्यायिक समिति रहेको छ तर ती न्यायिक समितिले कतिको प्रभावकारि न्याय सम्पदान गर्छ भन्ने कुराको जानकारी यहाँ लगायत हामी सबैलाई सर्वदित भएकै विषय हो। आम नागरिक र न्यायिक समितिका पदाधिकारीहरु मा कानुनी ज्ञान नहुदाँ नागरिक र जनप्रतिनिधिको सम्बन्ध अकाश र पातालको दुरी जस्तै भएको छ। तर धनुषाको मिथिला नगरपालिकामा रहेको न्यायिक समितिकी संयोजक सुनिता सिंह बुढाथोकीले भन्ने कानुनी साक्षरता का लागि सक्रिय देखिन्छ।
उपमेयर सिंहले नगरपालिका का ११ वटै वडामा महिला अधिकार मञ्चको स्थापना गरेकी छिन्। नगरको महिला अधिकार मञ्च सहित ११ वटै वाडा समितिको सल्लाहकारमा उपमेयर सिंह आफै छिन् । पालिका भित्र रहेको ११ वटा वाडालाई समेटेर नगर स्तरिय समिति बनाएको छ भने सबै वाडामा ९ देखि १५ जना सम्म रहने गरी वाडा स्तरीय समिति बनाएका छन्। महिला अधिकार मञ्चले गाँउ - गाँउमा महिलाहरु को समुह बनाएर संविधानले दिएका अधिकार र कर्तव्य का कुराहरु गर्छन्। बुधवार महिला अधिकार मञ्च मिथिला नगरपालिका -१० लालगढले कानुनी सचेतना अभिमुखीकरण कार्यक्रम राखेका थिए।

श्री आदर्श माध्यमिक विद्यालय लालगढको सभाहलमा महिला अधिकार मञ्च टोल समिति र वाडा नं १० वाडा समितिको सयुक्त आयोजना एकदिने कानुनी सचेतना अभिमुखीकरण कार्यक्रममा ५० जना महिलाहरुको सहभागीता रहेको थियो। सोही सचेतना कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उज्जबल अधिकारीले "महिलाको हक, अधिकार, हिसांका प्रकार र महिला माथि हुने सम्भावित जोखिमहरुबाट बँच्ने उपायहरू बारे" प्रशिक्षण दिएका थिए। उजुरी गर्ने तरिका र आफ्नो समस्या लिएर प्रहरी समक्ष जाने माध्यम र अधिकारका सवालमा अदालतबाट पाउने सेवासुविधा का बारेमा पेपर प्रस्तुतिकरण मार्फत सिकाएका थिए।

कार्यक्रममा उपस्थित महिलाहरुले प्रहरी समक्ष समस्या राख्दै गुनासो पनि पोखेको थिइन्। प्रहरीले "लागु पदार्थ,जुवा तास खेल्ने कार्यहरू र यौनजन्य अनैतिक क्रियाकलाप बिरुद्ध आफुहरु सक्रिय रहेको" बताउनुभएको थियो। ढल्केबर वरिपरिका ठाउँहरुमा सडक दुर्घट्ना अत्यधिक मात्रामा भइरहने र यौनजन्य अनैतिक क्रियाकलापहरु पछिल्लो समय फस्टाएकोले त्यसको न्युनिकरण का लागि आफुहरु योजना बनाएर काम गरिरहेको बताउनुभएको थियो। "हामी सँग कानुनी ज्ञान भयो भने हामी ढुक्क भएर आगाडि बढ्नेमा निश्चित छिन्" मिथिला नगरपालिका -१० कि सोना काफ्ले। उनी महिला अधिकार मञ्च मिथिला नगरपालिका १० कि अध्यक्ष पनि छिन् तर उनलाई कानुनी ज्ञान को अभाव हुँदा सम्बन्धित निकायमा अधिकारका कुराहरु गर्न असहज भएको बताउँछिन् ।

विस्तारै - बिस्तारै कानुनी सचेतना अभिमुखीकरण कार्यक्रम मार्फत् सिक्दै छु , उदघोषण गर्ने बानीमा सुधार भएको बताउँछिन्। उनका अनुसार " मिथिला नगरपालिका -१० का ९ वटा टोलमा महिला अधिकार मञ्च टोल समिति बनाएर आगाडि बढिरहेको र समय - समयमा हामी कार्यक्रमहरु गरेर एक आपसमा सहकार्य गर्दै महिलाहरूको समस्या बुझ्दै त्यसको निराकरणका लागि पहल गर्दै गरेको कुरा बताइन्। त्यस्तै महिला अधिकारहरुको विषयमा काम गर्दा खुशी छिन् गंगा बलम्पाखी। उनी महिला अधिकार मञ्च मिथिला नगरपालिका को नगर कमिटी सचिव पनि छिन्। महिलाहरुको समस्या सम्बोधन गर्दै न्याय दिलाउँन पाउँदा एकदमै खुसी हुन्छिन्। उनी भन्छिन् " महिलाहरू सँग काम गर्दा छुट्टै खुशी हुन्छ र महिलाहरूमा पहिलाभन्दा धेरै सुधार आएकोमा विस्वस्त छिन्। "खुल्न नसकिरहेका महिलाहरू खुलेर आइरहेका छन्। बैठकमा उनीहरु अधिकारका कुराहरु बोल्न खोजिरहेका छन् र विभिन्न तालिम र नेतृत्व बिकासको तालिमले महिलाहरू परिवर्तन भएको बताउँछिन्।

संविधानप्रदत्त महिला अधिकारका लागि एकजुट हुनुपर्नेमा आफुहरु महिला सशक्तीकरण गर्न लागि परेको उपमेयर सिंह बताउँछिन्। उपमेयर सिंहले "समाजमा अहिले पनि हिंसाका घटना भइरहेकाले अधिकार कुण्ठित गरेर नबस्न आग्रह गर्दै संविधानमा नै निर्वाचनमा समेत महिला सहभागिताको व्यवस्था हुनुले त्यसको कार्यान्वयनसँगै महिला अधिकार सुनिश्चित हुनेमा जोड दिए । उनले "कुनै पनि महिलाको अधिकार कुण्ठित हुन नहुनेमा जोड दिए" । "हामीले सबै वाडा मा महिला अधिकार मञ्च समिति बनाएर ,उनीहरु मार्फत महिलाको आवश्यकता र चाहना बमोजिमको सिप प्रदान का लागि सिपमुलक कार्यक्रम को व्यवस्था पनि गरेका छौं।
महिलाहरुलाई सबल बनाउने उदेश्यले समयानुकुल क्षमता अभिवृद्धि कार्यक्रम र कानुनी सचेतना कार्यक्रमहरुमा जोड दिएका हौं। वहाँले भनिन् " महिला अधिकार मञ्च खुल्ला मञ्च हो । यहाँ सबैले आआफ्नो कुराहरु खोलेर राख्नुपर्छ। नागरिकको विकास आर्थिक र राजनीतिक विकासले मात्र सम्भब नभएकोले शारिरीक स्वास्थ्य र मानसिक स्वास्थ्यका लागि योग शिविर समेत सञ्चालन गरेको बताउनुभयो।

हामी हाम्रो समुदायलाई, छोरा-छोरीहरु लाई नैतिक शिक्षा र जिवनउपयोगी शिक्षा दिन सबैमा आग्रह पनि गर्नुभएको थियो। कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं १० का वाडा अध्यक्ष सविन विक्रम थापा र महिला बालबालिका ज्येष्ठ नागरिक समाज कल्याण शाखा मिथिला नगरपालिका कि पुर्व शाखा प्रमुख भगवती गजुरेलको उपस्थिति पनि रहेको थियो।