
महोत्तरी- औरही उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
नवनिर्वाचित अध्यक्ष संजय कुमार मण्डलको अध्यक्षता तथा औरही नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार खड्काको प्रमुख आतिथ्यतामा र औरही औरही उद्योग वाणिज्य संघका सल्लाहकार दिगम्बर चौधरीले नवनिर्वाचित अध्यक्ष मण्डललाई सपथ ग्रहण गराएका थिए ।

अध्यक्षको सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष मण्डलले अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपा पार्टीका नगर संयोजक दरेश यादवले उद्योग व्यावसायिको भावनालाई बुझेर अगाडी बढन नयाँ कार्यसमितिलाई आग्रह गरे।

उनले औरहीको भबिस्य, गरिमा र बिरासत के हो भन्ने बुझ्न अनुरोध गर्नुका साथै आकार्षण बनाउन सक्ने क्षेत्रहरु पहिचान गर्न आबस्यक रहेको बताए। कार्यक्रममा नेकपा माओवादी पार्टीका प्रदेश कमिटि सदस्य रामबाबु चौधरी,नेकपा एमालेका नेता सन्तोष यादव,निवर्तमान औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवन चौधरी र स्थानीय ब्यपारिवार्गहरुको उपस्थिति रहेको थियो।

उक्त्त कार्यक्रममा केहि दिन अगाडी औरही बजारमा आगलागीबाट औरही नगरपालिका १ बस्ने खुर्सेद लहेरी र ममता मण्डलको घुम्ती जलेर जलेर करिब आठ लाख मुल्य बराबरको सरसामन जलेर नष्ट भएको थियो ।निजहरु खुर्सेद लाई ५४ हजार र मण्डल लाई १० हजार सहित अन्य ब्यापारीहरु लाई समेत सहयोग रकम नव निर्वाचित अध्यक्ष मण्डलले दिएको छ।


