
महोत्तरी - मटिहानी रंगशालामा सातौ नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ को आज मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको छ ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले खेलकुद र शिक्षाको विकासका लागि पालिका कटिबद्व रहेको कुरा बताउनु भयो ।मटिहानी नगरपालिकाको मटिहानी रंगशालामा आज देखि सुरु भएको अन्तर बिद्यालय स्तरीय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्वघाटन गर्नु हुँदै उहाँले खेलकुदले बिद्यार्थीको आत्मबल बढाउनुको साथै देशका लागि कर्णधार युवा तयार गर्न सहयोग पुग्ने भन्नु भयो ।

त्यसै क्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले खेलकूद ब्यक्तिमा ब्यक्तित्व बिकास गराउनुको साथै शारीरिक मानसिक विकास गर्न समेत मद्दत पुरयाउने माध्यम रहेको बताउनुभयो ।
नगर प्रमुख हरि प्रसाद मंडलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वड़ा नं.७ का वड़ा अध्यक्ष जितनारायन माझी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास,लो.स.पा. नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल,रा.स.मा.वि.मटिहानीका प्र.अ.ईश्वरी पौडेल,लगायतका वक्ताहरुले आफ्नो मंतव्य राख्नु भयो ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा पालिकाका ५(पाँच) वटा माध्यमिक विद्यालय सहभागी रहेका छन ।त्यसै क्रममा बोल्दै मटिहानी स्थित श्री राम मा.वि.को कक्षा ११ मा अध्ययनरत हिना खातुनले पालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आर्इ रहेको यो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताले हामीहरुको शारिरिक तन्दुरुस्ती र आत्मबल बढाउनुका साथै हामी सबै विद्यार्थीहरुको विचमा आपसी मेलमिलाप समेत बढदा खुशी ब्यक्त गरेका हुन ।

प्रतियोगितामा भलीबाल,कब्बडी, दौड़,हाइ जम्प लॉन्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले बताउनु भयो।

उक्त समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका क्रमशः वड़ा नं. २,३,६,७ र ८ का वड़ा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु ,वड़ा सदस्यहरू,प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा,पालिकाका सम्पूर्ण शाखा प्रमुखहरू ,वड़ा सचिवज्युहरु,बिभिन्न राजनितिक पार्टिका पार्टी प्रतिनिधिहरु,ससश्त्र प्रहरी मटिहानीका प्रमुख, मटिहानी प्रहरी चौकी प्रमुख,बिभिन्न विद्यालयका प्र.अ.हरू,शिक्षक शिक्षिका लगायत बिद्यार्थी भाईबहिनीहरुको सहभागिता रहेको थियो।

