
मधुबनी जिल्ला,मधवापुर,(भारत)-मित्र राष्ट्र भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा मधुबनी जिल्लाको मधवापुरको विभिन्न स्थानहरूमा राष्ट्रिय ध्वजारोहण (झण्डोतोलन) लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।

यस अवसरमा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल ले अतिथिका रूपमा उपस्थित हुँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नु भएको छ।अतिथि मंडल ले भारतीय गणतन्त्र दिवसको ऐतिहासिक महत्व र मित्र राष्ट्र भारतसँगको मित्रता तथा सामूहिक समृद्धिको विषयमा सम्बोधन गर्दै उपस्थित सबैलाई शान्ति, प्रगति र एकता को शुभकामना दिनु भएको छ।

कार्यक्रममा स्थानिय नागरिकहरू, शिक्षक, विद्यार्थी तथा अन्य प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गणतन्त्र दिवसको अवसरमा मधवापुरका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए, जसमा स्थानिय कलाकारहरूको उत्साहजनक प्रस्तुतिहरू दर्शकहरूले रुचाएका थिए।