
जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा करिव दुई वर्ष पछि नयाँ कार्यकारी निर्देशक नियुक्त भएको छ । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट चार वर्षे कार्यकालका लागि लागि वैद्यनाथ पासवानलाई नयाँ निर्देशकका रुपमा नियुक्त गरिएको छ ।
परिषदको ऐन को दफा १७९१०बमोजिम चार वर्षको लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शितल साहले बताए । बृहत्तर जनकपुरको अब विभिन्न किसिमका कानुनी झमेलाहरू छिटोभन्दा छिटो निराकरण हुने विश्वास उनले व्यक्त गरेका छन् । नव नियुक्त कार्यकारी निर्देशक वैद्यनाथ पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका वडा नम्वर १ निवासी हुन ।
जनकपुरधाम सहित महोतरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रका सिमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरुको संरक्षण सम्वद्र्वनका लागि संस्थापक कांग्रेसका तत्कालिन दिगज्ज नेता महेन्द्र नारायण निधीको नेतृत्वका गठित वृहतर पछिल्लो समय विभिन्न जालझेल र विवादको सिकार बन्दै गएको छ ।