
सुजाता राई
विराटनगर- नोबेल साकोस मासिक साहित्यिक कार्यक्रम विराटनगरमा माघ १९ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहाल को अध्यक्षतामा तथा प्रमुख अतिथि साहित्यकार डा. छवि बैरागी घिमिरेको अतिथ्यतामा सम्पन्न भएको छ।

विशिष्ट अतिथि - चारु प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थी,मुक्त प्रतिष्ठानको अध्यक्ष बाबुराम पोखरेल, नाट्य समूहको अध्यक्ष भरत गुरागाई, दाहाल प्रतिष्ठान शाखाको सचिव चित्रप्रसाद दाहाल र अग्रज साहित्यकार हरि प्रसाद बरलको उपस्थिति थियो।
थप आजीवन सदस्य साहित्यकार नवराज नवसिला पोखरेलको आगमन भयो र संस्थामा नियमित रूपमा आइरहने शक्तिशली कवि प्रयाग न्यौपानेलाई थप ऊर्जाको लागि पुरस्कार प्रदान गरे।
स्वागत मन्तव्य - साकोसको उपाध्यक्ष भुपाल अधिकारीले गरे भने कोषाध्यक्ष ऋषि तिवारीले प्रमाणपत्र पढेर सुनाए ।

कार्यक्रममा साहित्यकार,कवि, लेखक, तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो र विभिन्न बिद्यामा रचना सुनाए । सहभागीहरूले यस्ता कार्यक्रमले साहित्य साधनालाई प्रवर्द्धन गर्दै नयाँ प्रतिभाहरूलाई अगाडि बढ्न प्रेरणा दिने बताए।कार्यक्रम सञ्चालन संस्थाका सचिव सुजाता राईले गरेकी थिइन् ।