
जनकपुरधाम- महोत्तरी जिल्लाको बलवा नगरपालिकाका उप–मेयर देखि वडाध्यक्ष सम्मले दोहरो सेवा सुविधा लिने गरेको पाइएको छ । वलवा नगरपालिकाका उप–मेयर राम दुलारी देवी देखि लिएर सवै वडाका वडाध्यक्षहरुले सेवा सुविधा लिने गरेको महालेखा परीक्षक नियन्त्रकको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
महालेखाले जारी गरेको प्रतिवेदनमा उप–मेयर राम दुलारी देवीले इनधन÷मोविल बापत खर्च पालिकाले पार्टीलाई भुक्तानी गरेकोमा दोहरो इन्धन/मोविल र यातायात सुविधा बापत नगद भुक्तानी ६ लाख ६६ हजार ९ सय ८५ रुपैया बुझेको जनाएको छ । उप–मेयर राम दुलारीले दोहरो सेवा सुविधा भुक्तानी लिएका छन् ।
त्यस्तै वडाध्यक्षहरुले समेत एक लाख आठ सय २३ रुपैयाँ बुझेका छन् । वडाध्यक्षहरुले इन्धन÷मोविल र यातायात बापत दोहरो सेवा सुविधा नगद रकम बराबर एक लाख आठ सय २३ रुपैयाँ बुझेका छन् ।
वडाध्यक्षहरु पप्पुकुमार ठाकुर, शशिभूषण साह, रामशरण यादव, प्रमोदकुमार यादव, कामेश्वर यादव, वैद्यनाथ झा, मुनेश्वरप्रसाद यादव, सेनाउल्ला शेष, राजकुमार यादव, अशोककुमार यादव र रामबाबु महतोले इन्धन/मोविल बापत दोहरो सेवा सुविधा नगद बुझेको जनाइएको छ ।-मधेश टुडे