
महोत्तरी - महोत्तरीको मटिहानीमा आज हरसोउल्लासका साथ धानुक (मण्डल) जातिको कुल देवइता श्री राघो बाबाको बिधिवत पूजा गरिएको छ ।
प्रत्येक वर्ष माघ महिनामा गरिने उक्त पूजामा चामल,गुड़(मीठा) र दुधबाट बनाइएको खीर राघो बाबालाई चढ़ाउने परम्परा रहेको स्थानीय रन्जन मण्डलले बताउनु भयो ।
धानुक (मण्डल) जातिको प्रत्येक परिवारबाट उक्त खीर कुल देवता रहेको मन्दिर परिसरमै माटोको चूल्होंमा पकाएर चढ़ाउने गरिन्छ ।
उक्त पूजामा शुद्ध मनले प्रार्थना गरेमा सबै इच्छा र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मधेश प्रदेशकै सब भन्दा सुन्दर र प्रसिद्ध धानुक जातिको मंदिर रहेको मटिहानीमा राघोबाबाको दर्शन गर्न हजारौ श्रद्धालुहरुको भिड़ रहेको थियो ।










