काठमाडौं - त्रिपुरेश्वरमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
कम्बलले बेरेको अवस्थामा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको हो ।
उक्त वस्तु ‘होक्स’ (आतङ्कित बनाउन राखिएको वस्तु) रहेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
उक्त वस्तु झोलाभित्र केही कपडा कोचेर तर्साउने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।




