
काठमाडौँ - पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर दुई समुदायबीचको झडपपछि तनावग्रस्त बनेको छ।
प्रेम विवाहको विषयमा उत्पन्न विवादले सोमबार साँझ ठूलो झडपको रूप लिँदा केही व्यक्ती घाइते भएका छन्।
स्थानीयले विवादका क्रममा प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी जलाएका छन्। जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख भविश्वर घिमिरेका अनुसार, पाँच स्थानीय, १२ जना जनपथ प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएका छन्।
झडपका क्रममा नजिकै रहेको टायर ग्यारेजमा आगजनी भएको र त्यसपछि प्रहरीको गाडीमा बलेको टायर फालेर जलाइएको उनले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ ।