
इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका इन्चार्ज इन्स्पेक्टर सोनु साहको सरुवा भएको छ भने इन्स्पेक्टर नितेश सिंह नयाँ इन्चार्जको रुपमा हाजिर भएका छन् ।
पछिल्लो समय विवादमा फसेका इन्स्पेक्टर साहको सरुवाको माग गर्दै तरुण दल क्षीरेश्वरनाथ नगरसमितिले आन्दोलन गरेका थिए ।
तरुण दलका नगरसमितिका अध्यक्ष उमेश यादवको अनुसार इन्स्पेक्टर साहले कसैको दबाब र प्रभाव तथा इसारामा मात्र काम गर्ने गरेपछि उनको सरुवाको माग गर्दै आन्दोलन गर्नु परेको थियो ।जसको फलस्वरुप उनको सरुवा भएको छ।
उनले कुनै एक दलको इसारामा मात्र काम गर्ने गरेको र कानुनको आँडमा गलत प्रवृतिका व्यक्तिहरुलाई संरक्षण दिने गरेको आरोप समेत लगाए।
यता बुधवार इन्स्पेक्टर साहलाई स्थानिय युवाहरुको एक समूहले विदाइ समारोहको आयोजना गरि विदाइ गरेका छन् ।
प्रहरी निरीक्षक साह भने हाल प्रदेश प्रहरी गण जनकपुरधाममा काजमा खटिएका छन् ।उनले करिब १० महिना इलाका प्रहरी कार्यलय महेन्द्रनगरको जिम्मेवारी सम्हालेका थिए ।
नयाँ इन्चार्ज इन्स्पेक्टर सिंहले विहिवार विहान ८ बजे परिचायत्मक कार्यक्रमको आयोजना गर्ने भएको छ।