जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिएका छन् ।
महोत्तरीको गौशालामा आईएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ एकै पार्टीलाई आफ्नो भनेर वा नयाँ पार्टी नै खोलेर २०८४ मा चुनाव लड्न आग्रह गर्छु ।
उनले पूर्व राजालाई आफै अगाडी आउनु अगाडी अगाडी कुनै ‘होस्ट’ सारेर नुहुने बताए। ओलीले भने, ‘बीचबीचमा टाउको निकाल्दैमा राजतन्त्र र राजा आउँदैन । सामन्ती राजतन्त्र र जन्मँदै राजा हुने प्रवृत्ति अब हुन सक्दैन । फालिएको राजतन्त्र फर्किँदैन । फेरि राजा भएर रैती बनाउनु र दुई सय वर्ष अझै खान्छु भनेर नसोच्दा हुन्छ ।’



उनले नेपाली जनताको चेतनास्तर माथि उठिसकेको बताउँदै उनले बलमिच्याइँ, अराजकताबाट सिंहासनबाट बस्ने चाहना नेपाली जनतालाई स्वीकार्य नहुने बताए।
प्रधानमन्त्री ओलीले कुर्सीमा बस्दैमा कोही राजा बन्न नसक्ने बताउँदै ‘षड्यन्त्रबाट जन्मेको राजतन्त्र र झाडीबाट आएका राजा फेरि अब कहिले फर्किन्छ भनेर कसैले दिवा स्वपन्न नदेखे हुने बताए ।
प्रधानमन्त्री ओलीले भुलभुलैया, नाटक, तमासमा नपर्न नागरिकसँग आग्रह गर्दै सरकारलाई दन्तबजान गर्ने फुर्सद नरहेको बताए ।
प्रधानमन्त्री ओलीले मुलुकको दक्षिण क्षेत्रका सडक हुलाकी राजमार्ग लगायत सडक फराकिलो नबन्दा मधेशको विकास हुन नकसकेको बताए । फराकिलो सडक बनाएर नया सहर घोषणा गरी मधेशको विकास गर्न सकिने उनको भनाइ थियो ।




