
धनुषा – धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै मिति २०८१ फागुन २८ गते राति १२:०० बजेदेखि २०८१ चैत १ गते दिउँसो १२:०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा मासु तथा मदिरा विक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको निर्देशनअनुसार, परिक्रमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा धार्मिक अनुशासन पालना गराउन उक्त निर्णय लिइएको हो। यस अवधिमा कोही पनि व्यक्ति वा व्यवसायीले मासु(मदिरा बिक्री, वितरण तथा सेवन गर्न पाउने छैनन्।
प्रशासनले आम सर्वसाधारणलाई यस नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ। उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी दिँदै, प्रशासनले स्थानीय व्यापारी, श्रद्धालु तथा सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आह्वान गरेको छ।