
जनकपुरधाम - मधेश प्रदेशभर स्वास्थ्य सामग्री तथा मेसिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आपूर्ति गर्छ । केन्द्रलाई आर्थिक प्रभावमा पारेर व्यापारीले आफू अनुकूल टेन्डर आह्वान गर्न लगाउँछ । र, केन्द्रलाई आर्थिक प्रभावमा पारेकै व्यापारीले टेन्डर हात पार्छ । यस कार्यमा ठूलो रकम अनियमिता हुने गरेको छ ।
केन्द्रका कर्मचारीले कोरोना कालदेखि नै व्यापारीको आर्थिक प्रलोभनमा परेर स्वास्थ्य सामग्री तथा मेसिन खरिद गर्ने गरेको रोग अहिले पनि कायमै छ । पछिल्लो पटक एउटै व्यापारीलाई पर्ने मापदण्ड निर्धारण गरेर पुनः ७ वटा टेन्डर केन्द्रले आह्वान गरेको थाहा पाएपछि स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले एक्सन लिए ।
