
महोत्तरी- बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई मंगलवार ‘भ्यान’ उपहार दिएका छन्।
मेयर क्षेत्री रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गरेका हुन् ।
उनले प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधा बापतको रकमबाट भ्यान किनिएको स्पष्ट पारे । रेडक्रसलाई प्राप्त ‘भ्यान’ विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनमा प्रयोग गरिने रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले बताए।