
जनकपुरधाम - धनुषामा यात्रुवाहक बसले एक साईकल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय ७० बर्षिय रबिन्द्र मण्डल रहेको प्रहरीले जनाएकाे छ ।
जनकपुर ढल्केवर राजमार्गको लक्ष्मीनियाँ ६ लेनको सडकखण्ड अन्तर्गत साँझ करिब ७ः१५ बजेको समयमा जनकपुरबाट काठमान्डौँको लागि खुलेको बसले बाटो काट्दै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहको अनुसार जनकपुरबाट काठमान्डौँको लागि खुलेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले ठक्कर दिँदा मण्डलको मृत्यू भएको हो ।
अहिले बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना स्थलको प्रकृति मुचुल्का उठाइ लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।