
काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले घढेर तोलाको १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँ पुगेको थियो।