
अर्जुन साह –
जनकपुरधाम- बालबिबाह बिरुद्धको प्रदेश स्तरिय संजालको आयोजना तथा खेलकुद समाज कल्याण मन्त्रालय मधेश प्रदेशको समन्वयमा सरोकारवालाहरु सित मधेश प्रदेशमा बालबिबाह अन्त्यका लागि कानुनी एवम नीतिगत कार्यन्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन ।
मधेश प्रदेशको भौतिक तथा योजना मन्त्रालयको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता संजालका प्रदेश सदस्य सहिदा खातुन, प्रमुख अतिथि प्रदेश सभा सदस्य रुपा यादवले गर्नु भएको थियो भने सहजीकरण संजालका कार्यक्रम अधिकृत अर्जुन साहले गर्नुभएको थियो।

कार्यक्रममा संजालका कार्यक्रम संयोजक प्रसंशा सिंहको स्वागत मन्तव्य तथा उद्देश्य वारे प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको दौरान दुई वटा प्रस्तुती गरिएको थियो ।
पहिलो प्रस्तुती खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देव कुमारी खत्रीले मधेश प्रदेशमा बालबिबाह सम्बन्धी कानुनी ब्यबस्था तथा कार्यन्वयनको अवस्था सम्बन्धी आफ्नो प्रस्तुती गर्नुभएको थियो । त्यस्तै दोस्रो प्रस्तुती मधेश प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर बिक्रम साहले जिल्लाहरुमा रहेका बालबिबाहको अवस्था, चुनौती र मुद्दाको अवस्था बारे प्रस्तुती गर्नुभएको थियो ।
दुवै प्रस्तुती सम्पन्न पश्चात पिन संस्थाका परियोजना ब्यबस्थापक सुनिल साह, कान्तिपुरका पत्रकार अजित तिवारी, सहायक न्यायधीवक्ता सुदिप डंगोल, युवा अभियानी आसुतोष झा,हाम्रो प्रयास संस्थाका कार्यक्रम संयोजक ओम प्रकाश गिरि लगायतका सह्भागिहारु आ– आफ्नो धारणा राखेका थिए ।
खुल्ला छलफल पश्चात प्रमुख अतिथि सांसद रुपा यादवले भन्नुभयो , 'हामीहरु कानुन बनाएर पठाए तर यसको कार्यन्वयन हुन् नसक्नु हामी सबै दोषी हौ ।अहिले पनि बालबिबाहको घटना समाजमा बढ्दै गएको हुनाले गम्भीर रुपले सोच्नु पर्ने समय आएको छ। जब सम्म अभिभाबक सचेत हुदैन तब सम्म यस्ता घटना हुने गर्छ नै तसर्थ शिक्षामा पहुच गर्दै हामी सबै जना मिलेर यसलाई साझा सबाल बनाएर अगाडी बढ्नु पर्छ।'
कार्यक्रमको अध्यक्षता गरि रहनु भएका सहिदा खातुनले सबैलाई धन्यबाद दिदै २०३० सम्म बालबिबाह अन्त्य गर्न सरकारको रणनीति रहेकोले एकजुट भई काम गर्नुपर्ने देखिन्छ भन्दै कार्यक्रम समापन गरिएको थियो ।