
महोत्तरी- डिभिजन वन कार्यालय महोत्तरीको प्रमुखमा सुभाष चन्द्र दास हाजीर भएका छन ।
मधेश प्रदेशका मन्त्रालयले डिविजन वन कार्यालय महोत्तरीमा यस अघिका रहेका प्रमुख अजय कुमार मिश्रलाई सरुवा गरेर सुभाष चन्द्र दासलाई पठाएका छन ।
डिभिजन वन कार्यालय महोत्तरीमा रहेको योजनाहरुमा व्यापक कमिशनको चलखेल भएको भन्दै मन्त्रालयमा सर्वसधारणहरुले गुनासो गरेपछि प्रदेशको वन मन्त्रालयले मिश्रलाई तत्कालै सरुवा गरेर नयाँ प्रमुखमा सुभाष चन्द्र दासलाई पठाएका छन ।
यता सरुवा भएर आएका दासलाई आज एक कार्यक्रमका विच कार्यालयका कर्मचारीहरुले भव्य स्वागत गरेर हाजीर गराएका छन ।हाजीर हुदैँ वन प्रमुख दासले कार्यालयमा देखिएको वेथीती आफुले अन्तय गर्ने प्रतिबद्धता जनाउँनुभयो ।
