बिजि घिमिरे
स्थानीय सरकार संचालन ऐन २०७४ ले न.पा.प्रमुख गा.पा.अधक्ष्य,वडा समिति,स्थानीय राजस्व परामर्श समिति,श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई स्थानीय तहको योजना बजेट तथा कार्यक्रम तयार गर्न अधिकार दिएको छ |कानुनत बिभिन्न जिम्मेवारीहरु प्रदान गरिएका मध्ये महत्वपुर्ण जिम्मेवारीका रुपमा लैंगिक उत्तरदाई बजेटलाई समाबेस गर्न स्थानीय तहले बिभिन्न कार्यहरु गर्नु पर्ने हुन्छ |



राजस्व संग सम्बन्धित महत्वपूर्ण कार्यहरु
#महिला तथा पुरुषलाई फरक प्रकारले प्रभाव पार्ने राजश्व अभिवृद्धि नीतिका तथ्यांक खण्डिकरण गर्ने |
#स्थानीय नितिवाट कस्तो प्रकारका लैंगिक तथा शक्ति सम्बन्ध प्रबर्धन भइरहेको छ भन्ने विषय पहिचान गर्ने |
#महिला र पुरुष विच भुक्तानी हुने र नहुने ज्यालाहरुको समानरुपले बहन गर्ने कार्यलाई प्रबर्धन गर्न तथा अशमान लैंगिक भूमिकालाई निरन्तरता दिने कार्यलाई रोक्ने |
#न्यून आय भएका स्वरोजगार महिलाको कर तथा लेभीको बोझ न्यून गर्ने |
#महिलाको जीविकोपार्जन ,आवाज सशक्तीकरण,बिध्यमान विभेदजन्य अभ्यास तथा मूल्य मान्यतामा परिमार्जन गर्ने कार्यमा योगदान गर्ने तथा लैंगिक समानतामा संरचनागत अवरोधलाई न्युन गर्ने
योजना तथा बजेट तर्जुमाका चरणहरु अन्तर्गतका कार्यहरु
चरण १ बजेट को पूर्व तयारिअन्तर्गत महिलाका निर्दिष्ट सरोकार समूह दलित जनजाति मधेशी अपांग गरिब र पुरुष संग लैंगिकसंग सम्बन्धित पहिचान गरिएका सबाल,प्राथमिकता,र क्षमताको मूल्यांकनका लागि परामर्श गर्दै बन्चिती तथा जोखिममा रहेकाहरु सहित महिलाहरुको बि भिन्न क्षेत्रमा व्याबधानहरु,आबस्यकताहरु र प्राथमिकताहरु तथा सम्भावित उपायको पहिचान गर्नु पर्दछ |जिम्मेबारी दिदा महिला तथा पुरुष सदस्यहरु संयुक्तरुपमा काम गर्न सक्ने तथा छलफल र निर्णयहरुमा महिलाले प्रभाव पार्न सक्ने कुरा सुनिस्चित गर्नु पर्दछ
चरण २ श्रोत अनुमान तथा बजेट सिमा निर्धारण
महिला तथा बन्चितिमा परेकाको जीविकोपार्जन तथा आवाज शसक्तिकरण ,पुरुष सम्बन्धि मूल्य मान्यतामा पुनराबलोकन ,सामाजिक तथा लैंगिक अभ्यासहरुमा परिवर्तन ल्याउनाकालागी अत्याबस्यक कार्यहरुलाई बजेटको सीमाले समेटेको हुनुपर्दछ |
चरण ३ बस्ति तहमा योजना छनौट
समुदायका महिला तथा बिभिन्न सामाजिक समुहका मानिसहरुलाई उचित तवरले जानकारी गराई आफना समुदायकालागी उपयोगी हुने ,आफना बिकासका आबस्यकताहरु सम्बोधन हुने र आफ्ना प्राथमिकताका योजनाहरु सिफारिस गर्ने कार्यमा सहजीकरण गरिएको हुनुपर्दछ |
चरण ५ बजेट तथा कार्यक्रम तर्जुमा
जीविकोपार्जन, आवाज सशक्तिकरण एबम बिभेद्जन्य नीति तथा अभ्यासहरुमा परिबर्तनलाई सम्बोधन गर्ने क्रियाकलाप का लागि र पैरवी, सचेतना अभिबृदीका ,महिला शसक्तिकरण ,लैंगिक समानता का लागि पर्याप्त बजेट बिनियोजन गरिनु पर्छ|
चरण ६ बजेट तथा कार्यक्रम कार्यपलिकावाट स्वीकृत
लैंगिक समानता तथा महिला सशक्तिकरण
का लागि प्रस्तावित योजनाहरु र सामाजिक समाबेसिकरण सम्बंदी नीति सहित योजनाहरु समाबेस भएको जाचबुझ गरिनु पर्दछ|
चरण ७ स्थानीय सभावाट बजेट तथा कार्यक्रम स्वीकृत
महिलाहरु र लैंगिक समानाताकालागी योजनाहरु समाबेस भएको सुनिस्चित गरि लैंगिक उत्तरदायी बजेट सम्बन्धि ब्रिस्तित विवरण सहित को बजेट स्वीकृत गरिनु पर्छ |
स्थानीय तहले बजेट तथा कार्यक्रम पारित गर्नु अघि योजना छनौटका सात चरणहरु मा उल्लेखित कार्य सम्पन्न गरेमामात्र लैंगिक उत्तरदायी बजेट का आधारभूत प्रक्रिया पुरा भएको मानिन्छ | लेखक माण्डवी सस्थाका महिला नेतृत्व कार्यक्रम को प्रशिक्षक हुनुहुन्छ |




