
जीवनराज दाहाल (बर्दिवास) - बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी विष्णु खड्काले आफ्नो जन्मदिन विशेष तरिकाले मनाउँदै बर्दिवास–लक्ष्मनिया जङ्गल क्षेत्रका बाँदरलाई झण्डै ३०० किलो फलफूल तथा खाद्यान्न वितरण गरेका छन् ।

बाँदर आतङ्क बढ्दै गएकाले समाज र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले खड्काले सुन्तला, जुनार, स्याउ, केरा, आँप, भुजा, बिस्कुट लगायतका खाद्य सामग्री बाँडे । उनले बाँदर व्यवस्थापनको आवश्यकतामा जोड दिँदै मानिसहरूका लागि सुरक्षित खेती प्रणाली सुनिश्चित गर्न सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरे ।

उनको यो कार्यले स्थानीयहरूलाई बाँदर व्यवस्थापनबारे सोच्न प्रेरित गर्ने विश्वास गरिएको छ ।