
जनकपुरधाम - सिरहाको बरियारपट्टीमा बिहिवार राति पत्रकार मुकेश यादवमाथि एक समूहले सांघातिक आक्रमण गरेका छन् ।
बरियारपट्टी बजारबाट घर जाने क्रममा पत्रकार यादवमाथि बाटो छेकेर बसेका चाररपाँच समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
आक्रमण लगत्तै आफन्तले उनलाई उपचारका लागि सिरहा प्रादेशिक अस्पताल लगेको थियो । तर मध्यराति थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ ।