
सुख्खा बन्दरगाह निर्माणका लागी जलेश्वर उद्योग वाणिज्य सँघ निरन्तर पहल गरिरहको छ । आज महोत्तरीको जलेश्वरमा आउँनुभएका प्रतिनिधि साँसद अमरेश कुमार सिँहलाई जलेश्वर उद्योग वाणिज्य सँघले सुख्खा बन्दरगाहका लागी पहल गरिदिनहुन उहाँलार्ई आग्रह गर्नुभयो । महोत्तरीमा आउँने प्रत्येक सरोकारबाला निकायहरुलाई जलेश्वर उद्योग वाणिज्य सँघको अगुवाईमा ज्ञापनपत्र लगायत उनिहरुलाई अलपत्र पारिएको मलिवाडा भिठामोड सुख्खा बन्दरगाहका लागी पहल गरिदिन आफुहरुले आग्रह गरिरहेको जलेश्वर उद्योग वाणिज्य सँघका अध्यक्ष शिबचन्द्र चौधरीले बताउँनुभयो ।
जलेश्वर पुगेका साँसद सिँहलाई सरकारले घोषणा गरेको सुख्खा बन्दरगाह निर्माण अलपत्र रहेको भन्दै मधेश प्रदेश लगायत देश भरीकै व्यपार व्यसाय फस्टाउँनका लागी जलेश्वरमा सुख्खा बन्दरगाह निर्माण गर्न आवश्यक रहेको र त्यसका लागी पहल गरिदिन उद्योग वाणिज्य सँघले ज्ञापनपत्र बुमmाएका छन । सरकारले महोत्तरीको मलिवाडा भिठामोडमा सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माणको घोषणा गरेको ३ बर्ष हुन लाग्दा समेत सरकारी घोषणा कागजमै सिमित भएको छ । भारत सरकारले आफनो क्षेत्रमा पर्खाल निर्माण गरिसकेको छ भने नेपाल तर्फ जग्गा समेत छुटयाएको छैन ।

नेपाली पक्षले महोत्तरीको जलेश्वरनगरपालिका–३ स्थित ६५ विगाहा क्षेत्रफलमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रक्रिया सुरु गरेपनि काम गति लिन सकेको छैन । सुख्खा बन्दरगाहका लागि इन्टर मोडेल यातायात विकास समितिले तयार पारेको सर्वे रिर्पोट उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगे पनि प्रक्रिया अगाडि बढेको छैन । अर्थ मन्त्रालयले सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण सम्बन्धी र त्यसको विविध पक्षबारे राय भन्सार विभागबाट समेत राय मागी सकेको छ तर प्रकृया अगाडि नबढेपछि उद्योग व्यवसायीहरु आक्रोसित भएका छन ।
भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगन्ज हुँदै काठमाडौँसम्म मालसामान दुवानी गर्दा १ हजार १ सय १९ किमी दुरी पर्छ । तर भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, समस्तीपुर साहरघाट हुँदै जलेश्वर भन्सार कार्यालयबाट बर्दीबास, सिन्धुली हुँदै काठमाडौँसम्मको दुरी ८ सय ८१ किलोमिटर छ । वीरगंज भन्दा जलेश्वरबाट काठमाडौँको दुरी २ सय ३८ किलोमीटर दुरी कम पर्ने छ ।
प्रदेशका पूर्वी जिल्लामा व्यापार व्यवसाय असहज र झन्झटिलो भएको जनाउँदै व्यापारीले जलेश्वर नाकामा सुख्खा बन्दरगाह थप्न आग्रह गरेपछि आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन २०२७ सम्म योजना सम्पन्न हुनेगरी जलेश्वर भन्सारमा सुख्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो ।