
जनकपुरधाम - सिरहामा मिर्चैयामा नालामा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-५ स्थित किसुन साफीकी छोरी आसिका साफीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार शनिबार बिहान घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा बालिका मृत फेला परेकी हुन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसअघि मिर्चैया-५ मै २०८१ मंसिर १६ मा स्थानीय २४ वर्षीया रजिनादेवी महतोको नालामै डुबेर मृत्यु भएको थियो ।