
काठमाडौं- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ भने १२ जनालाई आममाफी दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पा सहित ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह भएको जानकारी दिए ।
उनका अनुसार सर्वोच्च अदालतले २०७७ साउत १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन एने, २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकाहरुलाई कैद छुट दिइएको हो ।
यसैगरी, आङनिमा शेर्पा सहित १२ जनाको सजाय माफी भएको छ ।